हावा

अहा ! कति मिठो हावा चलिरहेछ
बहोस् ...
बहिरहोस् ...
युगयुगसम्म
जुगजुगसम्म
आजकल गरम दिउँसो कत्ति साह्रो अनुभब हुन्छ
सूर्य कति गर्‍हुँगो रथ
हाम्रो डँडाल्नोमा हाँक्छ
कत्ति भिन्नै छ अहिले वातावरण
कत्ति नयाँ छ अहिले वातावरण
अहा! कति स्वच्छ ! कति मधुर !
नाचिरहेछ फर्केर हामीतिर हावा कति मिठो तालमा
नाच, नाचिराख
यसैमा हामीलाई अपार आनन्द छ
यसैमा हामीलाई अनाप सन्तुष्टि छ ।

धन्यबाद छ ति डाँडाहरुलाई
जसले उघारिदिए ढोका ति महान हावाहरुलाई
जो, यसबेला हाम्रो सामु नाचिरहेछ
जो, यसबेला आफूसंगै हामीलाई बहाइरहेछ ।

1 comment:

  1. गोबिन्द थापा परिबर्तन20 February 2011 at 07:40

    हावाहरु गतिशील छन् चलायमान छन्, र त महान युद्धहरुलाई कांधमा बोकेर अघि बढ्न सक्छन्

    ReplyDelete