मृत्यु

छाता ओडेर हिंड्दा हिंड्दैकी युवती
ल्याण्ड रोभरको ठक्करमा परी
कोपि भरिएको झोला उच्छिट्टियो
सडकमा रगत पोखियो
प्राण रिहाई भयो ।

सर्प हाँस्यो
अधबैसे मान्छेलाई डस्यो
ऊ संसारमा रहेन ।

घ्याल बाहिर लगियो
मृत्युले मायापृति गाँस्यो
बच्चा जन्मियो
जवान भयो
बूढो भयो
बिमारले सिकिस्त भयो
निरस मृत्यु
बेसेवा मृत्यु
उद्देश्यहिन मृत्यु
सिमित मृत्यु
कोहि यस्तो मृत्यु नमरोस्

No comments:

Post a Comment