काला बाँदरहरुका सुरसार

मरेका साँढेहरुमाथि
कोहि मान्छेहरु
अझ पनि अक्सिजनका सिलिण्डरहरु
चढाउन खोजिरहेछन्
होसियार मान्छेहरु !
फेरि पनि पिंजडातिर फर्कन नपरोस्
खोलापारि भागेका
काला बाँदरहरु
फेरिपनि
धान खान
खेततिर फर्कने सुरसार गरिरहेछन् ।

No comments:

Post a Comment