डोब

गुलिभरका
समुन्द्री यात्राका
दन्त्यकथा सुन्न
रोज-रोज लालायित हुन्थ्यौं
त्यसमा मेरो अनुमोदन थियो

घुम्ने कुर्सीमा बसेको
अन्धा मान्छेकी एकलौटी छोरी तिमी?
स्वर्गमा
तिमी बांचेकीछ्यौ इन्द्रको !
कराउँदै सौन्दर्यको कबिताहरुमा बांच्ने गर्थ्यौ
आफू तिमी
सिमित थियौ केवल आफैंमा
खोई म के भनौँ?
सम्झाएँ कत्तिचोटी तिमीलाई मैले
सितारका लिडहरुमा
एकमुठी प्राणका डल्लहरु अल्झाईदिएँ
भो, अब त
पश्चिम क्षितिजीय रेखामा
रविले मुखाकृति लुकाइसकेको छ ।
समयले
भञ्ज्याङ पार
गरेर अघि नै भगिसकेको छ ।
अबिश्मरणीय,
अतितका
पाइलाका
डोबहरु खोजेर के मतलब, अब?

No comments:

Post a Comment