बाहेक

के गरुँ, के गरुँ
म के गरुँ
मन अशान्त छ, तन भारी छ
म के गरुँ
केहि सोच्नै सक्दिन
कामहरु पहाड भएर
टेबल, तख्ता
कुर्सीभरि छ्याल्ब्याल् छन्
केहि गर्न सक्दिन
केहि महिनापछि अग्नीपरिक्षा छ
खड्ग छ
सांढेसातको ग्रह छ, केहि महिनापछि
केहि गर्न सक्दिन
आधारहरु बनाउनु छ, केहि गर्न सक्दिन
के गरुँ, सोच्नै सक्दिन के गरुँ
यत्रो लामो दिन बेकारै बितिरहेछ
यत्रो लामो रात बेकारै बगिरहेछ
के गरुँ,
यो नगरबाट धेरै टाढा भागिदिउँ लाग्छ
यो ढुंगे टाउको भित्तामा बेस्मारी बजारिउँ लाग्छ
यो मुठ्ठी कंक्रीटको दिवारमा हानुँ-हानीरहुँ लाग्छ
आँखा उदास छ्न्
जीउ नुन खाएको कुखुराजस्तो भएको छ
टाउकोमा भंवरी छ
धेरै आशाहरु हराएका छन्
के गरुँ, के गरुँ
दिमाख किन यत्ति सार्‍हो एकतर्फी छ
तिमी बाहेक सोच्नै सक्दिन ।

No comments:

Post a Comment