चिहानबाट बौराउन खोजिरहेको सुँगुर

यो अझ चिहानबाट बौराउन खोजिरहेछ
यसको ठिक छैन चाला
यसको छाला बाहिरबाट काला
भित्र पनि काला
मरिसक्यो भनेको त
अझ रहेछ यसको ढुकढुकि
कस्तो ज्याद्रो रहेछ यो साला
यसलाई अब कहिल्यै नउठ्ने गरेर घोच्नुपर्छ
मान्छेहरु !
खोई,
यता लेऊ भाला ।

No comments:

Post a Comment