सुस्केरा धर्तीमा

श्वास फेरुँ चैनको कसरी तिमिबिना
तिमिबिना यो संसार नै आँध्यारो लाग्छ
दिन काट्छु तिमिलाई हेर्न खोज्दै
रात बिताउँछु तिमीलाई संम्झदै
संधै हुरि किन चलिरहन्छ
यो मन तिमीपट्टी किन ओइरिइरहन्छ
सधै बिहान
तिम्रो चित्र
आँखाभित्रको घडीमा
लहर भएर छलाङ मार्दै आइपुग्छ
निस्कन्छु म बरन्डामा
हेर्छु तिम्रो सानो सुन्दर घरतिर उत्साहित हुँदै
तिमि हुँदैनौ
निराश भएर निराश आँखा भूईंतिर ओराल्छु
मेरो छातीबाट निराश सुस्केरा निस्केर
धर्तीमा पोखिन्छ
त्यहाँ फूल फुल्छ
फूलमा म कबिता लेख्न थाल्छु ।

No comments:

Post a Comment