आकाशबाट ताराहरु टिपेर

यसबेला म हेरिरहेछु
तिमी टेबलमा झुकेर किताब पल्टाईरहेछौ
समाएर कलम
तिमी कपिमा लेखिरहेछौ

यो टाढाको कौसीबाट म हेरिरहेछु
ध्यानमग्न भएर हेरिरहेछु
एकटक लगाएर हेरिरहेछु ।

तार चम्किरहेछ
चिसो हावा चलिरहेछ
तिमी पुस्तकबाट अक्षरका फूलहरु टिपिरहेछौ
तिमी
आकाशबाट ताराहरु टिपेर कपिमा रोपिरहेछौ ।

1 comment:

  1. सरस कविता ।म उहाँका कविताहरुमा हराइरहेको छु।

    ReplyDelete