नयाँ खबर

- स्व बिमल गुरुङ


खै,
के नयाँ खबर बताऊँ तिमीलाई
कसरी बताऊँ तिमीलाई कि
बुबा बिरामी छ
हिंजोदेखि चामलको टोकरी रित्तो छ
आमाको बाघमुखे थैली सुख्खै छ
नयाँ खबर के बताऊँ साथि !
बाँचिएकै छ ।

(०४४/५/२३)

No comments:

Post a Comment