मबाट

क्रमश: डरहरु हराईरहेछन्
मबाट
क्रमश: कायरताहरु भगिरहेछन्
म भन्छु पनि यसै
भाग, भागुन् डरहरु
मबाट
छिरछिर पिसाब फेर्दै भागुन्
हराउन्
हराउँदै जाऊन्
म भन्छु
हराई हालून् कायरताका गन्ध मबाट
म चाहन्छु पनि यसै
तिमीहरु पक्राउ परेको खबर सुनेर
अभिनारायण !
थुनाभित्र तिमि फलाम हुँदा
तिमीले पाएका बर्बर यातनाहरु सुनेर
यत्ति गर्दापनि
तिमी फलामै बनेको खबर सुनेर
म तिमीप्रति श्रद्धाले झुकेको छु
म अझ दृढ भएको छु
म बदलाको भावनाले जल्न थालेको छु
अभिनारायण !
तिमीलाई पहिला भन्दा अझ ज्यादा
माया गर्न थालेको छु ।

No comments:

Post a Comment