कुकुरहरुले तारा समाते

- स्व बिमल गुरुङ

तिम्रो पाएँ पत्र
थाहा पाएँ
गिरफ्तार
भएछन् ताराहरु !

समातेछन्
कुकुरहरुले ताराका जमात !

मेरो प्रीय ताराहरु !
तिमीहरु अझ
जोडतोडले चम्क
म पनि चम्किन्छु ।

कुकुरहरुले
ताराहरु समाते !

कुकुरहरुले
चन्द्रमा समाते !

तर, कहाँ छौ र यति सिमित?
तर, कहाँ छौ र यति मुठ्ठिभर?
कहाँ सकिएला र !
सम्पूर्ण ताराहरु झोलामा हाल्न !
कहाँ सकिएला र !
सम्पूर्ण चन्द्रमा दराजमा हाल्न ।

कुकुरहरुले ताराहरु समाते
कुकुरहरुले
मौरीका गोलाहरु समाते ।

(०४६/१०/९)

No comments:

Post a Comment