डाँडाबाट

- स्व बिमल गुरुङ


सलाईको कांटी बलिरहेको छ
मध्यरातको डाँडामा
आँखाहरु
चन्द्रमामा अल्झन रमाउँछन्
आँखाहरु धरहरामा चढेर
रमिता हेरिरहेछन्
पहिरो गयो
सलाईको काँटी निभ्यो !
डाँडाबाट
सलाईको
काँटी निभ्यो !
तर
खुशी नमनाओ !
आँखाहरु खुशी नमनाओ !
देखेनौ?
पहाडमा फेरि
अर्को
सलाईको काँटी सल्केको ।

(०४५/३/५)

No comments:

Post a Comment