बल्छीमा शब्द आएन

गइरहेछु
म आफ्नो ठानेको फूलबाट
दूर प्रदेश
धौलागिरीबाट एक मुठ्ठी हिउँ खोस्नै परेको छ
एउटा समय थियो
चक्र भएर कसैलाई भन्न नहिने एउटा मानचित्र वरिपरि फन्को मार्ने
जुन सकियू
अरबौं माइल पर बेलुन साखिसकें
आफ्नो निशानाको लागि
आफ्नो मुटुसहित धेरै धेरै कुरहरु छड्न परिरहेछ
मन त मार्निरहिको छैन
तर, बुलो नपारी भएको पनि छैन
धर्तीमाथि छाएको
कालो चिलको पखेटा
अपार भुवँरीतिर गएको
एउटा युद्धपोतलाई भन्नुपर्ने धेरै सुझावहरु थिए
बाढी आएको नदीभित्रको
शब्दलाई बल्छी हानेर निकाल्न मौका परेन
एम्बुलेन्सको सेतो भित्ता त थियो
अपहरित् अक्षर फिर्ता आएन
एउटा समय थियो
जुन सरल थियो
र पनि जोखिमप्रद थियो
र अरेकर्डित रोमाञ्चक
जसको सकियो आयु ।

No comments:

Post a Comment